

२३ कात्तिक, काठमाडौं । पोर्नोग्राफीसम्बन्धी मुद्दामा अदालतबाट जमानतमा रिहा भएपछि राज कुन्द्रा पहिलोपटक आफ्नी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेट्ठीसँग घुमघाममा निस्किएका छन् ।
हालै उनी शिल्पासँगै हिमाञ्चल प्रदेशको ज्वालादेवी र चामुण्डा मन्दिर दर्शनका लागि पुगेका छन् । जसका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पोर्नोग्राफीसम्बन्धी मुद्दापछि राज पहिलोपटक सार्वजनिक स्थलमा निस्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शिल्पाका पति राज पोर्न फिल्म निर्माण र बिक्री वितरण गरेको आरोपमा गत जुलाईमा पक्राउ परेका थिए । दुई महीना हिरासतमा बसेपछि अदालतले उनलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।
त्यसपति उनी सार्वजनिक रुपमा देखिएका थिएनन् भने सामाजिक सञ्जालबाट टाढा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment