+
+

प्यूठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १८:२४

२३ कात्तिक, काठमाडौं । प्युठानमा तेजबहादुर पुनको अध्यक्षतामा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा भएको कार्यक्रमबाट ११ सदस्यीय जिल्ला क्रिकेट संघ तदर्थ समिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाध्यक्षमा आशिष श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा महेन्द्र विक, उमेश घर्तीमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापा मगर र हुकुम परियार छन् ।

योसँगै प्यूठानलाई नेपाल किकेट संघ (क्यान) को जिल्ला सदस्यता पाउनको लागि बाटो खुलेको छ । प्यूठानमा ७ गाउँपालिका र २ नगरपालिका रहेका छन् । गतवर्ष प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको लागि प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा प्यूठानले दाङसँग तीन मैत्रीपूर्ण सिरिज खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?