+
+

हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते ८:३७

२४ कात्तिक, धनगढी । कैलालीमा युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर लम्कीका भुपेन्द्र बडुवालको हत्या भएको थियो ।

हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले लम्कीचुहा नगरपालिकामा राजमार्ग अवरुद्ध पारेका हुन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहानैदेखि पीडित पक्षले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन लम्कीमै रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन् ।

मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीका २२ वर्षीय बडुवालको हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?