+
+

‘कबड्डी ४’को छायांकन धमाधम, चाँडै प्रदर्शन मिति तय गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १२:०१

निर्देशक रामबाबु गुरुङको महत्वकांक्षी चलचित्र ‘कबड्डी ४’को छायांकन मुस्ताङको रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रको ५० प्रतिशत छायांकन सकिएको निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन् ।

चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा नायक दयाहाङ राईको साथमा कलाकारद्वय बुद्धि तामाङ र विजय बराल देखिएका छन् ।

यसपटक रामबाबुले चौथो शृंखलालाई अन्तिम भनेका छन् । चलचित्रको छायांकन कोवाङ र लार्जुङमा भइरहेको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रमा नायिका मिरुना मगरको समेत मुख्य भूमिका छ । चलचित्रको छायांकन सकिएलगत्तै निर्माणपक्षले प्रदर्शन मिति समेत घोषणा गर्नेछ । निर्देशक गुरुङले अनलाइनखबरसँग कुरा गर्दै आफूले यसपटक लामो समय नपर्खने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?