+
+

सामसुङद्वारा पहिलो लक्की ड्र विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १४:३६

काठमाडौं । सामसुङ मोबाइलले विन्टर स्किम योजना अन्तर्गत पहिलो लक्की ड्र मार्फत उपहार जित्ने १५ जना ग्राहकहरुको सिरियल नम्बर बुधबार घोषणा गरेको छ ।

सामसुङले नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । सामसुङले सञ्चालन गरेको योजनाको पहिलो लक्की ड्रका विजेताहरु बुधबार घोषणा गरेको छ । जुन लक्की ड्रमा यही नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

फेसबुक पेजमार्फत बुधबार घोषणा गरिएको लक्की ड्रमा नोभेम्बर १ देखि ५ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने व्यक्तिहरुको सिरियल नम्बर बुधबार नै सामसुङको फेसबुक पेजमा प्रकाशित गरिएको र विजेताहरुलाई सात दिनभित्रमा आवश्यक कागजात सहित आफ्नो उपहार दावी गर्न कम्पनीले अनुरोध समेत गरेको छ । सामसुङ मोबाइलका निर्देशक प्रनयरत्न स्थापितले लक्की ड्रका बिजेताहरुलाई बधाइ दिएका छन् ।

५ ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसुङ मोबाइल वा ट्याब खरिद गरि योजनामा सहभातिा जनाउन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?