+
+

विषाक्त फिँजले ढाकियो यमुना नदी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १६:२७

२४ कात्तिक, काठमाडौं । भारतको यमुना नदी विषाक्त फिँजले ढाकिएको छ । दिल्लीस्थित नदीको एक खण्डमा विषाक्त फिँज तैरिएको हो ।

छठ पर्वका बेला विषाक्त फिँज तैरिएपछि पूजा र प्रार्थना गर्न नदीमा आएका श्रद्धालुहरू दूषित पानीमा नुहाउन बाध्य भएका छन् ।

गत हप्तादेखि नदीमा नाला र औद्योगिक फोहोरको मिश्रणका कारण फिँज तैरिएको हो । पीटीआईका अनुसार नदीमा जम्मा भएको विषाक्त फिँज हटाउन १५ वटा डुङ्गा परिचालन गरिएको छ ।

यसै हप्ताको सुरुदेखि नै विषाक्त फिँज तैरिएको नदीमा केही हिन्दूहरू नुहाएको र प्रार्थना गरेका थिए ।

नदीमा तैरिइरहेको फिँजमा एमोनिया र फोस्फेट्सको मात्रा उच्च रहेको छ र यसबाट श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या देखिन सक्ने विज्ञको भनाइ छ ।

पछिल्ला केही दशकदेखि यमुना नदीमा प्रदूषण निकै बढिरहेको छ । विषाक्त रसायन र नालाका कारण पानी कालो बन्न पुगेको छ भने नदीको किनारामा प्लास्टिकजन्य फोहोर थुप्रिरहेको छ ।

विशेषगरी बाक्लो जनसंख्या र अत्यधिक फोहोरका कारण दिल्ली वरपरवको नदी क्षेत्र सबैभन्दा प्रदूषित बनेको छ ।

एउटा सरकारी अनुगमन समितिका अनुसार यमुना नदीको २ प्रतिशत भाग राजधानी दिल्ली हुँदै बग्छ । जबकी नदीको कूल प्रदूषणमध्ये झण्डै ७६ प्रतिशत प्रदूषणमा दिल्लीको हात छ । सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?