+
+

धादिङमा बस दुर्घटना, ३५ जना घाइते   

रासस रासस
२०७८ कात्तिक २४ गते १६:३१

२४ कात्तिक, धादिङ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस आपसमा ठोक्किँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धादिङवेशीबाट चितवन गइरहेको ना ५ ख ३२३५  नम्बरको बस र काठमाडौंबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ जाँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?