+
+

प्रधानमन्त्रीलाई कमल थापाको जवाफ : राजालाई गाली गरेर राज गर्ने जमाना छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १९:०९

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको टिप्पणीको आलोचना गरेका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत देउवालाई जवाफ लेख्दै ‘राजालाई गाली गरेर राज गर्ने जमाना छैन’ भनेका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराजालाई राजनीति गर्ने भए चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको उक्त टिप्पणीप्रति जवाफ लेख्दै राप्रपा अध्यक्ष थापाले भनेका छन्, ‘राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस् । न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो । राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?