+
+

इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड पहिलाे पटक फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ७:०१

२५ कात्तिक, काठमाडौं । न्युजिल्याण्ड पहिलाे पटक आइसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । युएईमा जारी साताै संस्करणकाे टी-२० विश्वकपकाे पहिलाे सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल पुगेको हो ।

न्युजिल्याण्डले अब उपाधिका लागि पाकिस्तान र अष्ट्रेलिया बीचकाे विजेतासँग खेल्नेछ ।

अबुधाबीमा डार्यल मिचेलले अविजित ७२ रन बनाएपछि १६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पूरा गर्यो । ओपनर मिचेलले ४७ बल खेल्दै ४ चाैका र ४ छक्का प्रहार गरे । यस्तै डेभोन कानवेले ४६, जेम्स निसामले ११ बलमा २७ रन बनाए ।

इंग्ल्याण्डका क्रिस वाेक्स र लियम लिभिङस्टोनले २-२ तथा आदिल रासिदले १ विकेट लिए ।

त्यसअघि टस हारे पहिले ब्याटिङ गरेकाे इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

इङ्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ५१ रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै डेविड मलानाले ४१ रन जाेडे ।

न्युजिल्याण्डका टिम साउथी, एडम मिल्न, इश सोधी र जेम्स निसमले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?