+
+

वकिलहरूले काठमाडौं उपत्यकाका अदालतमा धर्ना दिंदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ९:४०
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् ।

नेपाल बार एशोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिन लागेका हुन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा यसअघि कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिंदै आएका थिए । बारले प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिए पनि उनले राजीनामा नदिएपछि आन्दोलन रोकिएको छैन ।

बारले तिहार बिदा सकिने बित्तिकै दोस्रो चरणअन्तर्गत थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रधानन्यायाधीशलाई सर्वोच्चकै न्यायाधीशहरूले पनि असहयोग गर्दै आएका छन् । तर प्रधानन्यायाधीशले दैनिक पेशी तोकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?