+
+
सर्वोच्च परिसरमै लागेको नारा :

‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १२:३०

२५ कात्तिक, काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

बिहीबार अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नाराबाजी गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएको छ भने सर्वोच्चकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुुनुवाइ गरेका छैनन् । बिहीबार सर्वोच्च परिसरमा भेला भएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै सर्वोच्च अदालत बार एशोशिएसनका अध्यक्ष पूर्णमान शाक्यले अहिलेको नेतृत्व परिर्वतन नगरेसम्म सुधार नहुने बताए ।

‘अब उहाँले छोड्नैपर्छ, उहाँले छोडेन भने हामी भौतिक रुपमा गेटमा अवरोध गर्नुपर्ने अवस्था आउँछ । त्यतिबेला हामी जेलनेल खान पनि तयार छौं,’ उनले भने ।

न्यायपालिकालाई बचाउनुपर्ने भन्दै उनले नारा लगाए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे !’

सहभागीहरुले पनि त्यसलाई पछ्याए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’

शाक्यले फेरि नारा लगाए, ‘विचौलिया नाइके राजीनामा दे !’ सहभागी कानुन व्यवसायीहरुले पनि त्यसलाई पछ्याए, ‘विचौलिया नाइके राजीनामा दे ! राजीनामा दे !!’

सर्वोच्च परिसरमा धर्ना दिएका कानुन व्यवसायीहरुले ‘चोलेन्द्रका मतियार, होसियार होसियार !!’, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’ जस्ता नारा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?