+
+

५ करोड रुपैयाँमा बिक्यो एप्पलको पहिलो कम्प्युटर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १३:३३

एप्पलले पहिलो पटक उत्पादन गरेको एक कम्प्युटर पाँच करोड रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको छ । एप्पलले सबैभन्दा पहिले सन् १९७६ मा निर्माण गरी बजारमा ल्याएका एप्पल वान कम्प्युटरमध्ये चालु हालतमा रहेको उक्त कम्प्युटर मंगलबार लिलामी मार्फत् चार लाख डलरमा बिक्री भएको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित जोन मोरान लिलामघरले लिलामीमा राखेको उक्त कम्प्युटरको मूल्य ६ लाख डलर पर्ने अपेक्षा गरिएकोमा ५ लाख मात्रै परेको हो ।

एप्पल वान कम्प्युटरसँगै एप्पल वान एनटीआई मदरबोर्ड, काडको खोलमा राखिएको एप्पल क्यासेट एडाप्टर, डाटानेटिक्स किबोर्ड रेभ डी, १९८६ प्यानासोनिक भिडियो मनिटर, एप्पल वान कनेक्टिंग केवल र विजुलीमा जोड्ने तारलगायतका सामानहरू लिलामीमा राखिएको छ । त्यस्तै त्योसँगै एप्पल वानको बेसिन म्यानुअल, एप्पल वान अपरेसन्स गाइड, प्रोग्रामिङ म्यानुअल तथा दुईवटा एप्पल वान सफ्टवेयर क्यासेट टेपपनि रहेका छन् ।

उक्त एप्पल वान कम्प्युटर एप्पलका एकजना संस्थापक स्टिभ वज्नियाकले डिजाइन गरी अर्का संस्थापक स्टिभ जब्सले पाटपुर्जा जडान र परीक्षण गरेका थिए ।

हाल लिलामीमा राखिएको एप्पल वान कम्प्युटर हालसम्म दुईपटक मात्र खरीद बिक्री भएको पाइएको छ । पहिलोपटक इलेक्ट्रोनिक्सका एकजना प्राध्यापकले बजारबाट खरीद गरेको उक्त कम्प्युटर सन् १९७७ मा एक विद्यार्थीलाई बिक्री गरेका थिए । ती विद्यार्थीले त्यसबेला उक्त कम्प्युटरलाई ६५० अमेरिकी डलरमा खरीद गरेका थिए ।

सो कम्प्युटरलाई हालै यो क्षेत्रका दिग्गज विज्ञहरूबाट मूल्यांक, परीक्षण तथा मर्मतलगायतका काम गरी यो पूर्णरुपमा चालु हालतमा रहेको प्रमाणित गरिएको छ ।

विश्वमा हालसम्म कोआ काठबाट बनेका एप्पल वानका खोल केवल ६ वटा मात्र अस्तित्वमा छन् । वनविनासका कारण कोआ वनस्पती नासिएर यो काठ दुर्लभ तथा महँगो बनेको छ ।

एप्पलले आफ्नो पहिलो उत्पादनको रुपमा २ सय गोटा एप्पल वान कम्प्युटर निर्माण गरेको थियो, जसमध्ये १७५ वटा बिक्री भएका थिए । ती मध्ये करीब २० वटा अझै पनि चालू हालतमा रहेका अनुमान गरिएको छ ।

ती मध्ये ५० वटा कम्प्युटर क्यालिफोर्नियास्थित बाइटसप नामक पसलका मालिक पाउल टेरेलले खरीद गरेका थिए ।

स्मरणरहोस् सन् २०१३ मा जर्मनीमा भएको लिलामीमा एउटा एप्पल वान कम्प्युटर ६ लाख ७१ हजार डलरमा बिक्री भएको थियो । उक्त कम्प्युटरसँगै एप्पल संस्थापक स्टिभ जब्सको पत्र पनि बिक्री गरिएकेा थियो । त्यस्तै सन् २०१४ मा अमेरिकाको न्युयोर्कमा एप्पल वान कम्प्युटर ९ लाख पाँच हजार डलरमा बिक्री भएको थियो ।

स्टिभ जब्स, स्टिभ वज्नियाक र रोनाल्ड वाइनेले सन् १९७६ को अप्रिल एकमा क्यालिफोर्नियास्थित घरको ग्यारेजमा एप्पल कम्पनीको स्थापना गरेका थिए ।

एप्पल वानको उत्पादन गर्नका लागि पैसा जुटाउन जब्सले आफ्नो माइक्रोबस बिक्री गरेका थिए भने वज्नियाकले ५०० डलरमा आफ्ना एचपी ६५ क्याल्कुलेटर बिक्री गरेका थिए ।

एप्पल वान कम्प्युटरको बजार मूल्य त्यतिबेला ६६६ डलर ६६ सेन्ट तोकिएको थियो ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?