+
+

‘ऐश्वर्य’को डिजिटल राइट्स बेचेर गल्ती गरें : रमेश उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १३:४२
फाइल तस्वीर

नेपाली निर्माताहरुले चलचित्रको छायांकन शुरु हुनुपूर्व नै यसको डिजिटल राइट्स बेच्छन् । केही कम्पनीहरुसँग राम्रै पैसा लिएर उनीहरु डिजिटल राइट्स बिक्री गर्छन् र छायांकन शुरु गर्छन् । तर, उनीहरुले डिजिटल राइट्स बेच्दा अन्य थुप्रै अधिकार पनि गुमाएको विषयमा भने ध्यान दिएको पाइँदैन ।

नायक तथा निर्माता रमेश उप्रेतीले आफूले बनाएको चलचित्र ‘ऐश्वर्य’को डिजिटल राइट्स बेचर गल्ती गरेको बताएका छन् । ‘मैले चलचित्रमा आफ्नो करिअर शुरु गर्दा प्रविधिको विकास नै भएको थिएन । अमेरिकाबाट नेपाल आएपछि मैले ‘ऐश्वर्य’ नामक चलचित्र निर्माण गरें,’ उनले भने, ‘मेरो सबैभन्दा ठूलो गल्ती नै यही भयो । बुढासुब्बा (बुढासुब्बा डिजिटल)ले त मेरो चलचित्रको अधिकार ९९ वर्षलाई किन्दो रहेछ । अनि अन्य सबै अधिकार पनि लैजाने रहेछ ।’

रमेशले आफूले यो विषयमा गल्ती गरिसकेको बताए । उनले अगाडि भने, ‘मलाई समयले सबै कुरा सिकायो । ४०-४५ लाखको लोभमा हामीले करोडौं रकममा बनाएको चलचित्रको अधिकार सबै अरुलाई दिने गरेका छौं । अब, म यस्तो गल्ती गर्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?