+
+

भारतले कश्मीरमा पठायो थप सुरक्षाकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १५:०४

२५ कात्तिक, काठमाडौं ।  पछिल्लो समय व्यक्ति हत्या बढेपछि भारतले कश्मीर उपत्यकामा थप सुरक्षाकर्मी पठाएको छ ।

बुधबार कश्मीर उपत्यकामा अर्धसैन्य बलका २५ सय सदस्य खटाइएको भारतीय अधिकारीहरूले जनाएका छन् । हालसम्म भारतले जम्मू-कश्मीर क्षेत्रमा कम्तीमा ५ लाख सुरक्षाकर्मी तैनाथ गरिसकेको पाकिस्तानी सञ्चार माध्यम डन डटकमले जनाएको छ ।

‘झण्डै २५ सय सुरक्षाकर्मी आइसकेका छन् र उनीहरूलाई कश्मीर उपत्यकाभर तैनाथ गरिएको छ’, अर्थसैन्य बल सीआरपीएफका प्रवक्ता अभिमान पंकजले भने । यसबाहेक, थप सुरक्षाकर्मीसमेत कश्मीरमा आउँदै गरेको उनको भनाइ थियो ।

एक प्रहरी अधिकारीका अनुसार कश्मीरमा यो हप्तादेखि ५ हजार अर्ध सैन्य बल खटाइने भएको छ । थप गरिएका सुरक्षाकर्मीमध्ये केहीलाई सामुदायिक भवनमा बालुवाका बोराको बंकर बनाएर राखिएको छ ।

विश्वमा सबैभन्दा धेरै सैनिक तैनाथ गरिएको क्षेत्रमध्ये जम्मू-कश्मीर समेत एक हो । पछिल्लो समय उक्त क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा व्यक्ति लक्षित हत्याका घटना भएपछि भारत सरकारले थप सुरक्षाकर्मी तैनाथ गरेको छ ।

काश्मिरमा गत महिनादेखि प्रहरी, उत्तर भारतका आप्रवासी कामदार, स्थानीय हिन्दू तथा शिख समुदायलाई लक्षित गरी भएका हमलामा १२ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?