+
+

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १५:३५

२५ कात्तिक, काठमाडौं।  प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश-१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment