+
+

नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, सिड्नी र सिओलसम्म उड्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १६:५८

२५ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन् । नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता गरिएको छ ।

जसअनुसार अब यूरोपका विभिन्न शहर, अष्टे्रेलियाको सिड्नीदेखि दक्षिण कोरियाको सिओलसम्म यात्रा गर्न सकिने नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन । सम्झौतासँगै एक अर्का वायुसेवाका सेक्टरमा यात्रुले सहजै सेवा लिन सक्ने भएका छन् ।

यी सम्झौताबाट यूरोप, अष्टे्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा काठमाडौंबाट उडानको टिकट लिइन सकिने भएको छ । सकेसम्म कम ट्रान्जिट समय राखेर यस्तो सम्झौता गरिएको समेत श्रेष्ठको भनाइ छ ।

यसले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने अपेक्षा लिइएको छ । टिकटहरु निगमको केन्दि्रय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने भएको छ ।

नेपाल एयरलाइन्सले अमेरिकी शहरहरुमासमेत यस्तै सम्झौताबाट उडान विस्तारको तयारी भइरहेको समेत जनाएको छ ।

कुन कुन गन्तब्यमा कुन एयरलाइन्ससँग भयो सम्झौता ?

काठमाडौं-बैंकक-सिओल : नेपाल एयरलाइन्स/थाई एयरवेज

काठमाडौं-बैंकक-सिड्नी : नेपाल एयरलाइन्स/थाई एयरवेज

काठमाडौं-बैंकक-टोकियो : नेपाल एयरलाइन्स/अल निप्पोन एयरलाइन्स

काठमाडौं-दोहा-कुवेत : नेपाल एयरलाइन्स/कुवेत एयरवेज

काठमाडौं-दुवई-कुवेत : नेपाल एयरलाइन्स/कुवेत एयरवेज

काठमाडौं-दुवई-जूरिच : नेपाल एयरलाइन्स/इमिरेट्स

काठमाडौं-दुबई-लण्डन : नेपाल एयरलाइन्स/इमिरेट्स

काठमाडौं/दुबई-फ्र्यान्कर्फट : नेपाल एयरलाइन्स/इमिरेट्स

काठमाडौं-दुबई-पेरिस : नेपाल एयरलाइन्स/इमिरेट्स

काडमाडौं-दुबई-बहराइन : नेपाल एयरलाइन्स/इमिरेट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?