+
+

बागमतीमा जम्मकट्टेल र लामा बने मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १९:५२

२५ कात्तिक, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्री बनाएका हुन् ।

नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए ।

नेकपा माओवादीका एक सांसदका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकोले आर्थिक मामिला मन्त्रालय जम्मकट्टेल लिएका हुन् । लामा पहिलो पटक मन्त्री बनेका हुन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् ।

भँडेल भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।

गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । पाण्डे मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि २ मन्त्रिपरिषदमा २ मन्त्री थप गरिएको हो । नेकपा एकीकृत समाजवादीका एक सांसदका अनुसार १३ मन्त्री र ३ राज्यमन्त्रीसहित मन्त्रिपरिषद १५ सदस्यीय बनाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?