+
+

कार्यवाहक दिने विवादस्पद निर्णय : सहयोगीलाई दोष दिएर उम्किए मनाङे

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १६:२२

२६ कात्तिक, पोखरा । चौतर्फी आलोचनापछि गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सहयोगीलाई कार्यवाहक मन्त्री दिने कदम सच्याएका छन् ।

कानुन विपरीत मनाङेका सहयोगी रोनित, मन्त्रालयमा कार्यवाहक एवं प्रवक्ताको नेमप्लेट राखेर बसेको खबर सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समेत तत्काल कार्यवाहक हटाउन मन्त्री मनाङेलाई निर्देशन दिएका थिए ।

‘कानुन विपरित पद सिर्जना गरेर कार्यवाहक तथा प्रवक्ता नराख्न निर्देशन दिएको छु,’ मुख्यमन्त्री नेपालीले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यूले म नभएको बेलामा त्यसो भए’छ, तत्काल हटाइसकेको बताउनुभएको छ ।’

खेलकुद मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले पनि रोनितको नेमप्लेट हटाएको बताएका छन् ।

रोनितलाई दोष दिएर उम्किए मन्त्री

रोनित लामो समयदेखि मनाङे प्रदेशसभा सदस्य बनेदेखि नै सहयोगीका रुपमा काम गर्दै आएका थिए । पछिल्ला केही महिनादेखि कार्यवाहक तथा प्रवक्ता भनेर कागजात हेर्ने, योजना छान्ने र कार्यावयन समेत गर्ने गरेको मन्त्रालयका कर्मचारीहरु बताँछन् ।

रोनित स्वयंमले पनि मन्त्रीले नभ्याउने भएकाले कार्यवाहक तथा प्रवक्ताको जिम्मेवारी निभाएको प्रतिक्रिया दिएका थिए । तर कानून विपरित कार्यवाहक दिएको भनेर चौतर्फी आलोचनाएपछि मन्त्री मनाङेले भने रोनितलाई देखाएर आफू उम्किका छन् ।

घरमा कार्यवाहक तथा प्रवक्ता राखेको र आफू मन्त्रालयमा नभएको बेला त्यसो गरेको उनको दाबी छ । ‘घरमा त त्यसरी बसेको ठिकै हो । तर, मन्त्रालयमा त भएन नि !’ उनले भने, म बाहिर थिएँ । उसले त्यसो गरेको रहेछ, झाप्पु लगाएर कामबाट निकालिसकें ।’

मन्त्राी मनाङेले आफूले राम्रो काम गरेका कारण धेरैको आँखा लागेको समेत दाबी गरेका छन् । ‘पहिले यो मन्त्रालयको पैसा सब जाँडरक्सीमा जाने रैछ । म आएपछि खेलकुदमै छुट्याएपछि धेरैको आँखा लागेको छ,’ उनले भने, ‘एमालेले मन्त्रालयमा धेरै आँखा लगाइराख्छ ।’ पत्रकारहरुले पनि आफूलाई बद्नाम गर्न खोजेको उनको आरोप थियो ।

खेलकुदमा आफूले धेरै राम्रो काम गरेको बताउँदै मनाङेले सचिवालयका लागि भवन नहुँदा समस्या परेको बताए । ‘पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा पनि सचिवालय थिएन । अहिले पनि छैन । म के बोलुम् भनेर हो,’ मनाङेले भने, ‘यहाँ राम्रो काम गर्नेलाई गाह्रो रैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?