
२६ कात्तिक, काठमाडौं । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ले प्रदर्शन मिति तय गरेको छ । आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी फागुन २७ गते रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ ।
यो चलचित्रका निर्देशक सुदर्शन थापा हुन् भने एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका हुन् ।
बलिउड चलचित्र ‘सूर्यवंशी’ले सिनेमा हलमा दर्शक फर्काएसँगै नेपाली चलचित्रका निर्माताहरुले पनि धमाधम प्रदर्शन मिति तोक्न थालेका छन् । निर्देशक सुदर्शन थापाले आफ्नो अर्को ‘म यस्तो गाउँछु २’ माघ १९ गते रिलिज गर्ने घोषणा गरिसकेका छन् । यो चलचित्रमा पल शाह र पूजा शर्माको शीर्ष भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4