+
+

अनियमितताबारे बोल्न पार्टीको मुख हेर्नुहुँदैन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १४:०४

२७ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध पत्रकारहरुले सशक्त ढंगले कलम चलाउनुपर्ने बताएका छन् । पोखरामा शनिबार आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा उनले भ्रष्टाचार र अनियमितताका विषयमा पार्टी वा नेताको मुख हेर्नुनपर्ने बताए ।

‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्’ उनले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

सरकारले पहिलो पटक गरिबहरुलाई सम्झेर अतिविपन्न परिवारलाई मासिक १० हजार रुपैयाँ राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवासलगायतका लोकहितकारी निर्णय गरेको शर्माले दावी गरे ।

सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आम सञ्चार प्रतिष्ठान गठन सम्बन्धी विधेयहरु पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।

शनिबार नै कास्कीमा माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुख समेत रहेका शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?