
२६ कात्तिक, काठमाडौं । समाजसेवी स्व. ज्ञानबहादुर थापा स्मृति आर्थिक पत्रकारिता पुरस्कार यसवर्ष अनलाइखबरकर्मी रोयल आचार्यलाई प्रदान गरिएको छ ।
ज्ञानबहादुर थापा स्मृति कोषको अघिल्लो महिना बसेको बैठकले १५ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार आचार्यलाई दिने निर्णय गरेको थियो ।
रसियन कल्चर काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पुरस्कार हस्तान्तरण गरे ।
आर्थिक पत्रकारितालाई प्रोत्साहन पुगोस् भनेर हरेक वर्ष एक अर्थ पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको कोषका महासचिव मनोज थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4