+
+

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १२:५२

२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन ।

शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, अरुतिर चयन हुन बाँकी छ’, तामाङले भने ।

अझै पनि कतिपय जिल्लामा प्रतिनिधि चयन गर्ने प्रयत्न भइरहेको उनले बताए । निर्विरोध हुन नसकेका जिल्लाहरुमा चुनावको प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको माध्यमबाट प्रतिनिधि चयन भएको विवरण आउन बाँकी रहेको पनि तामाङले बताए ।

१०-१२ मंसिरमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले १,९९९ प्रतिनिधि चयन गर्दैछ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास लगायतलाई क्लस्टर बनाएर एमालेले प्रतिनिधि चयन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?