
२८ कात्तिक, काठमाडौं। दोलखालाई राजधानीसँग जोड्ने मुडे चरिकोट सडक अलपत्र पारेको भन्दै आन्दोलनमा उत्रिएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउन पर्नेमा पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पत्रकारहरु गोकर्ण भण्डारी, श्याम खतिवडा, सिर्जन घिमिरे, राजन बस्नेत, अर्जुन कार्की छन् ।
उनीहरुलाई लामो साँघु-जिरी सडक सुधार आयोजनाका कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको पत्रकार राजन बस्नेतले बताए ।
६ वर्ष अघि ठेक्का लागेको यो सडक ठेकेदारको लापरवाही र सरकारी पक्षको बेवास्ताका कारण अलपत्र परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4