+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

प्रधानन्यायाधीशको राजीनामा माग्दै सुदूरपश्चिममा पनि कानुन व्यवसायीको प्रदर्शन

सुदूरपश्चिमका ९ जिल्लाका जिल्ला अदालत बार एशोसिएसन र २ वटा उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १४:५८

२८ कात्तिक, धनगढी । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सुदूरपश्चिम प्रदेशमा कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

सुदूरपश्चिमका ९ जिल्लाका जिल्ला अदालत बार एशोसिएसन र २ वटा उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

कैलाली जिल्ला अदालत बार एशोसिएसनको अगुवाइमा जिल्ला अदालत कैलालीमा पनि कानुन व्यवसायीले एक घण्टा धर्ना दिएका छन् ।

जिल्ला बार एशोसिएशनका अध्यक्ष सिद्धराज ओझाले न्यायपालिकाको सुदृढीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसन केन्द्रीय समितिले गरिरहेको विरोधका कार्यक्रममा आफूहरुले ऐक्यबद्धता जनाएको बताए ।

ओझाले अगामी कात्तिक ३० गतेसम्म दैनिक एक÷एक घण्टा धर्ना दिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?