+
+

मुख्यमन्त्री राईले विश्वासको मत लिने सूचना प्रदेशसभामा दर्ता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन् । मंगलबार दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बस्दैछ । सोही बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १७:५९
फाइल तस्वीर

२८ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन् ।

विश्वासको मत लिनका लागि दुई दिनअघि प्रदेशसभामा सचिवालयमा सूचना दर्ता गर्नुपर्ने प्रवधान छ । सोही प्रावधान अनुसार प्रदेशसभालाई सूचना दिएको आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रदेशसभा सचिवायलकी प्रवक्ता चमिला भट्टराईले आइतबार दिउँसो विश्वासको मतसम्बन्धी प्रस्तावको सूचना दर्ता भएको बताइन् । यो प्रस्तावमा छलफलका लागि सोमबार कार्यसूची तय हुने उनले जानकारी दिइन् ।

मंगलबार दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बस्दैछ । सोही बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिनेछन् ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

हाल ९२ सदस्यीय प्रदेशसभाको विश्वास रहेको प्रमाणित गर्न मुख्यमन्त्रीले ४७ मत पाउनुपर्छ । सत्तारुढ गठबन्धन नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् ।

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?