+
+

विदेशमा रहेका नेपाली स्वदेशमै फर्किने वातावरण बन्दैछ : शिक्षामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १२:२०

२९ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरू क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउका हुन् ।

‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ’ उनले भने, ‘क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’

मन्त्री पौडेलले आफ्नो देश आफैले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न अनुरोध गरे । मन्त्री पौडेले युनेस्कोको ४१ महासभामा भाग लिन नोभेम्बर १० तारिखमा फ्रान्स पुगेका हुन् । उनी १८ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment