+
+

अदालतमा देखिएको गतिरोधप्रति पत्रकार महासंघको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १६:०४

२९ कात्तिक, काठमाडौं। नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति चिन्ता व्‍यक्त गरेको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसनले गरेको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति चिन्ता व्‍यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बार एसोसिएसनले गरेको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति पनि महासंघको ध्यानाकर्षण भएको छ । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।’

यस्तै महासंघले पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय भएको भन्‍दै संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

शक्तिपृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासंघ सम्बन्धित निकायसँग आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?