+
+

प्रहरी अस्पतालमा अनियमितता देखिएन : छानबिन समिति

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा भएको अनियमितताबारे छानबिन गर्न गठित समितिले खोट नभेटिएको निष्कर्षसहित छानबिन प्रतिवेदन बुझाएको छ । समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले छानबिनबाट अस्पतालमा अनियमितता नदेखिएको निष्कर्षसहितको प्रतिवेदन आईजीपी शैलेश थापा क्षेत्रीलाई बुझाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १८:२९

२९ कात्तिक, काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा भएको अनियमितताबारे छानबिन गर्न गठित समितिले खोट नभेटिएको निष्कर्षसहित छानबिन प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले छानबिनबाट अस्पतालमा अनियमितता नदेखिएको निष्कर्षसहितको प्रतिवेदन आईजीपी शैलेश थापा क्षेत्रीलाई बुझाएका हुन् ।

पोखरेल नेतृत्वको समितिका एक सदस्यका अनुसार अस्पतालको सामग्री खरिदमा कुनै समस्या नदेखिएको हो । ‘पहिल्यै पनि यो विषयमा दुई वटा समितिले छानबिन गरिसकेको थियो’ ती सदस्यले अनलाइनखबरसँग भने, ‘कुनै खोट भेट्टाउन सकिएन ।’

बरु समितिले अस्पतालका दुई वरिष्ठ अधिकृतबीच वरियताको विवाद हुँदा समस्या भएको निष्कर्ष निकालेको छ ।

कनिष्ठ अधिकृत डा. आशा सिंह एआईजीमा बढुवा भएको भन्दै उनका प्रतिष्पर्धी डा. मिनराज पाठक असन्तुष्ट थिए । सिंहले पनि पाठकलाई नसमेटी एकलौटीरुपमा अघि बढेको ती सदस्य बताउँछन् । उनी थप्छन्, ‘यही विवादबीच अनियमितताको उजुरी आएको थियो, तर समस्या फेला परेन ।’

अस्पतालमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

अख्तियारले छानबिन गर्न भन्दै गृह मन्त्रालयलाई पत्र लेखेको थियो । त्यसपछि गृहको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले एआईजी पोखरेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?