

३० कात्तिक, काठमाडौं । रत्न पुस्तक भण्डारबाट इतिहासविद् चित्तरञ्जन नेपाली र सरदार भीमबहादुर पाँडेको छुट्टाछुट्टै ऐतिहासिक महत्त्वको पुस्तक पुनःप्रकाशित गरिएको छ ।
चित्तरञ्जन नेपालीले राणाशासन तथा नेपालको शासनमा पारिवारिक जालझेल र षड्यन्त्रमाथि खोज गरी लेखेको ‘पारिवारिक षड्यन्त्र’ तथा भीमबहादुर पाँडेले पाँडे वंशका सैन्य अधिकारीको राष्ट्रसेवामा योगदानमाथि लेखेको ‘राष्ट्रभक्तिको झलक’ पुनः प्रकाशित गरिएको हो ।
२०१३ सालमा पहिलो मदन पुरस्कारबाट पुरस्कृत चित्तरञ्जन नेपालीको ‘पारिवारिक षड्यन्त्र’ पहिलोपटक २०५७ तथा पाँडेको ‘राष्ट्रभक्तिको झलक : पाँडे वंशको भूमिका’ २०३४ मा पहिलोपटक प्रकाशित भएको थियो ।
दुवै पुस्तकको मूल्य प्रतिपुस्तक ३९५ रुपैयाँ राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment