
३० कात्तिक, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव वैवाहिक जीवनमा बाँधिएका छन् । उनले सोमबार प्रेमिका पत्रलेखासँग चण्डीगढमा विवाह गरेका हुन् ।
विवाह समारोहपछि सोमबार नै उनीहरुले चण्डीगढमा रिसेप्सन पार्टी समेत दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वैवाहिक जीवनमा बाँधिएको अवसरमा राजकुमार र पत्रलेखालाई भारतका राजनीति दलका नेतादेखि बलिउड फिल्मकर्मी तथा कलाकारहरुले बधाई दिइरहेका छन् ।
विवाह समारोहमा पत्रलेखाले क्रिम रंगको सारीमा सजिएकी थिइन् भने राजकुमारले सिल्क कुर्ता पहिरेका थिए । उनीहरुले ११ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4