+
+

पूर्व मिस नेपाल इशानी श्रेष्ठ वैवाहिक जीवनमा बाँधिदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १२:४५

३० कात्तिक, काठमाडौं । सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठ वैवाहिक जीवनमा बाँधिने भएकी छन् । उनले सोमबार काठमाडौंको एक पाँचतारे होटलमा उद्योगपति तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् ।

इशानीले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गर्दै ‘हाम्रो कहानी शुरु भयो’ भनेर उल्लेख गरेकी छन् । इशानीले डिसेम्बर २१ तारिख अर्थात् पुस ६ गते आफूहरुले विवाह गर्ने पनि जानकारी दिएकी छन् ।

व्यापारी तथा उद्यमी विश्वनाथप्रसाद शाहका छोरा तरुण शिक्षाविद्को रुपमा पनि परिचित छन् । उनले सेफर्ड कलेज, ट्रिटन कलेज, शुभश्री कलेज सञ्चालन गर्दै आएका छन् ।

इशानीलाई उनका साथी, आफन्त र शुभेच्छुकहरुले बधाई दिएका छन् । इशानी सन् २०१३ को विश्व सुन्दरी प्रतियोगितामा उत्कृष्ट १० मा पुग्ने पहिलो नेपाली सुन्दरी बनेकी थिइन् । उनले ‘मिस वल्र्ड’मा नेपालका लागि पहिलो पटक ‘ब्युटी विथ दी पर्पस’को विधा समेत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?