+
+

साढे २१ हजार नि:शुल्क वाइफाइ हटस्पट, मेक्सिको सिटीले बनायो विश्व किर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १७:४५

३० कात्तिक, काठमाडौं । अहिले इन्टरनेट जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । घर, अफिस वा कुनै सार्वजनिक स्थान नै किन नहोस् इन्टरनेट अनिवार्य जस्तै बनिसकेको छ ।

यस्तोमा यदि मानिशहरुलाई निशुल्क रुपमा इन्टरनेट सेवा प्राप्त भयो भने कसलाई पो खुसी नमिल्ला र ? हाम्रो देशका विभिन्न शहरमा पनि केही ठाउँमा निशुल्क वाइफाइ उपलब्ध रहेको पाइन्छ । तर संसारमा एउटा यस्तो शहर छ जहाँ सबै ठाउँमा नि:शुल्क वाइफाइ इन्टरनेट उपलब्ध छ । यो शहरमा सबैभन्दा धेरै नि: शुल्क वाइफाइ हटस्पट्स भएको शहरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम दर्ज गरेको छ ।

मेक्सिकोको राजधानी मेक्सिको सिटी संसारमा सबैभन्दा धेरै नि: शुल्क वाइफाइ हटस्पट भएको शहर बनेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले गत नोभेम्बर १० मा मेक्सिको सिटीलाई किर्तिमानीको प्रमाणपत्र प्रदान गरेको हो ।

मेक्सिको सिटीमा हाल २१ हजार ५ सय वटा निशुल्क वाइफाइ हटस्पट छन् । गिनिज बुकका अधिकारी कार्लोस टापियाले मेक्सिको सिटीकी मेयर क्लाउडिया शेइनबाउमलाई गिनिज प्रमाणपत्र हस्तान्तरण गरे ।

झण्डै ९० लाख जनसंख्या भएको मेक्सिको सिटीमा सबैतिर मानिशहरुले नि:शुल्क रुपमा सार्वजनिक वाइफाइ प्रयोग गर्न पाउँदछन् । सार्वजनिक यातायातमा पनि वाइफाइ निशुल्क छ ।

मेयर शाइनबाउमका अनुसार घरमा इन्टरनेट जडान गर्न नसक्ने आर्थिक अवस्था भएका मानिशहरुका लागि समेत गरी सबैलाई इन्टरनेटमाथि पहुँच उपलब्ध गराउने आफ्नो लक्ष्य भएको बताइन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?