+
+

बुढो भइरहेको सुर्यको मृत्यु कहिले हुन्छ ? नासाको टेलिस्कोपले गर्‍यो महत्वपूर्ण खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १८:१४

३० कात्तिक, काठमाडौं । ब्रम्हाण्डमा धेरै यस्ता रहस्यमय चिजहरु छन् जसको बारेमा वैज्ञानिकहरुले जान्ने कोसिस अनवरत रुपमा गरिरहेका हुन्छन् । यसैबीच वैज्ञानिकहरुले एउटा यस्तो तस्वीर हात पारेका छन् जसबाट सुर्यको बारेमा नयाँ जानकारी प्राप्त भएको छ ।

उक्त तस्वीर अमेरिकी अन्तरीक्ष संस्था नासाको हबल टेलिस्कोपले खिचेको हो । सुर्यको मृत्यु कहिले र कसरी हुन्छ भन्ने विषय प्रक्षेपण गर्न उक्त तस्वीर सहयोगी हुने वैज्ञानिकहरुको भनाई छ ।

सुर्यको मृत्यु कसरी होला ? यो एक महत्वपूर्ण प्रश्न हो जसका बारेमा वैज्ञानिकहरुले लगातार अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरुका अनुसार सुर्य पनि एक तारा भएको हुँदा अन्य ताराहरु जस्तै भविष्यमा कुनै समयमा सुर्यको मृत्यु हुनेछ र ह्वाइट ड्वार्फमा बदलिनेछ । ह्वाइट ड्वार्फ निभिसकेको ताराको अवशेष हो जसको प्रकाश कम हुँदै अन्तिममा अँध्यारोमा परिणत हुन्छ ।

सुर्यको उत्पत्ति साढे ४ अर्ब पहिले भएको हो । यो हाइड्रोजन र हिलियम ग्याँसको एक तातो पिण्ड हो । सुर्यले आफ्नो जिवनकालको आधा उमेर पार गरिसकेको छ । सुर्यको व्यास करीब ८ लाख ६४ हजार माइल र सतहको तापक्रम करीब १० हजार डिग्री फरेनहाइट छ ।

कसरी हुन्छ सुर्यको मृत्यु ?

एनजीसी २४३८ (प्लानेटरी नेब्युला पनि सुर्यजस्तै एक ताराको अवशेष हो । यो पृथ्वीभन्दा करीब १३७० प्रकाश वर्ष टाढा छ । प्लानेटरी नेब्युला एक विशाल ग्यासको बादल हो । यो सुर्यजस्तै समाप्त हुने ताराहरुबाट निस्किन्छ । नासाले हालै उक्त प्लानेटरी नेबुलाको नयाँ तस्वीर सार्वजनिक गरेको छ ।

रिपोर्ट अनुसार सुर्यको हाइड्रोजन उसको जिवनकालको अन्तिम समयमा समाप्त हुन्छ । जसका कारण सुर्य अस्थीर हुन्छ र सेतो गोला अर्थात् ह्वाइट ड्वार्फको रुपमा समाप्त हुनेछ ।

वाशिङटनस्थित नासाको हबल टेलिस्कोपले खिचिएका तस्वीरमा विभिन्न रङ देखिन्छन्, जुन सनस्पट तथा अन्य घटनाहरुका कारण सुर्यको चमक अन्य ताराहरुको तुलनामा निकै कम सक्रिय रहेको प्रतित हुन्छ । यसबाट सुर्य बुढो हुँदै गइरहेको पुष्टि हुन्छ ।

सार्वजनिक गरिएको नेबुलाको तस्वीरमा रहेको नीलो रङको अर्थ अक्सिजन हो, हरियो हाइड्रोजन, सुन्तला रङ नाइट्रोजन र रातो सल्फर ।

नासाले सन् १९९० मा हबल टेलिस्कोप प्रक्षेपण गरेको थियो । त्यसलाई पृथ्वीको तल्लो कक्षमा पठाइएको थियो ।

नासाले हबल टेलिस्कोपले खिचेका अद्भूत तस्वीरहरु आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा समय समयमा सार्वजनिक गर्दै आएको छ ।  साइन्स अल्र्टडटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?