+
+

कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १०:११

१ मंसिर, जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् ।

पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए ।

प्रहरीले १७ जनालाई नियन्त्रणमा लिई अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो । पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।

कात्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई नियन्त्रणमा लिएर पैदलै हिँडाई जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका थिए । कुशवाहको कपडा च्यात्नुका साथै उनीहरुले शरीरमा हिलो छ्यापिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?