
काठमाडौं । सामसुङ मोबाइलले विन्टर स्किम योजनाको दोस्रो लक्की ड्र घोषणा गरेको छ । नोभेम्बर ६ देखि नोभेम्बर १२ सम्म प्राप्त सिरियल नम्बर समावेश गरी कम्पनीले लक्की ड्र घोषणा गरेको हो । यस लक्की ड्रबाट २१ जना विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।
आफ्ना ग्राहकहरुलाई लक्षित गरी कम्पनीले नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म विन्टर स्किम योजना सञ्चालन गरिरहेको छ । उक्त योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।
विजेताहरुको सिरियल नम्बर सामसुङको फेसबुक पेजमा प्रकाशित गरिएको कम्पनीले जनाएको छ । विजेता बन्न सफल व्यक्तिहरुलाई ७ दिनभित्रमा आवश्यक कागजात सहित आफ्नो उपहार दावी गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।
स्किम योजना जारी नै रहेको भन्दै कम्पनीले यस योजनामा सहभागी हुनका लागि सामसुङ मोबाइल वा ट्याब खरिद गरेका ग्राहकहरुले एसएमएस नम्बर ३६००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया 4