+
+

डोटीमा दम्पतीद्वारा सामूहिक आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १४:२२

१ मंसिर, डोटी । डोटीमा एक दम्पतीले घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको शिखर नगरपालिका-१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्ट मंगलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

स्थानीयका अनुसार यो दम्पतिले एक वर्षअघि प्रेम विवाह गरेको थियो । आत्महत्याको कारण खुल्न नसकेको प्रहरी निरीक्षक चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?