+
+

‘सीएसआर’ को रकम वित्तीय साक्षरतामा खर्च गर्न पाउनु पर्ने बैंकर्स संघको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १६:३५

१ मंसिर, काठमाडौं । बैंकहरुले वित्तीय साक्षरतामा खर्च भएको रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा समावेश गराउन पाउने व्यवस्था गर्न माग गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकर्सहरुले यस्तो माग राखेका हुन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था बैंकर्स संघको नवनिर्वाचित कार्यसमितिको टोली गभर्नर अधिकारीलाई भेट्न बालुवाटार पुगेको थियो । भेटमा संघका कार्यसमिति साथै पूर्वअध्यक्षहरु भुवन दाहाल, ज्ञानेन्द्र ढुंगाना, अनिल शाह लगायत सहभागी थिए ।

८ बुँदे सुझाव पत्र बुझाउँदै बैंकर्सहरुले बेंकिङ प्रवर्द्धनमा भएको खर्च संस्थागत सामाजिक उत्तरुदायित्वमा गरिएको खर्च स्वसरह मान्यता दिनु पर्ने माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?