+
+
Shares

निक्षेप तथा कर्जा सुरक्षण कोषमा मिश्रलाई नियुक्त नगर्न कर्मचारीको दबाव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १०:१५

१ मंसिर, काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी निर्देशकमा बिष्णुबाबु मिश्रलाई नियुक्त गरे सामूहिक राजीनामा दिने चेतावनी कर्मचारीहरुले दिएका छन् ।

कोषको ९० प्रतिशत कर्मचारीहरुले बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई पत्राचार गर्दै यस्तो चेतावनी दिएका हुन् । मिश्र कोषका पूर्व कार्यकारी निर्देशक समेत हुन् ।

कार्यकारी निर्देशक हुँदा मिश्रले आफ्नो पदीय मर्यादा विपरीत कर्मचारीहरुलाई हप्किदप्की गर्ने, विनियमावली विपरीत मनपरी सरुवा गर्ने गरेको, अनियमिततामा मुछिएको लगायतका आरोपहरु लगाउँदै उनलाई पुन नियुक्ति गरे स्थायी कर्मचारीहरु मध्ये ९० प्रतिशतले राजीनामा गर्न बाध्य हुने पत्रमा उल्लेख गरेका छन् ।

कोषको कार्यकारी निर्देशकमा खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न मन्त्रालयले आवेदन माग गरेको थियो । आवेदन दिने अन्तिम दिन बुधबारसम्म १३ जनाको आवेदन परेको छ । १३ जना मध्ये पहिलो नम्बरमा नै मिश्रको आवेदन रहेको छ ।

कोषका विभागीय प्रमुखसहित ९० प्रतिशत कर्मचारीहरु मिश्रसँग रुष्ट थिए । बुधबार मन्त्री शर्मालाई ज्ञापन पत्र बुझाउन गएको टोलीले मन्त्रीलाई नभेटेपछि सचिवालयमा पत्र दर्ता गराएर फर्किएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?