+
+

पहिलो टी-२० मा भारतले न्युजिल्यान्डलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते ८:२४

२ मंसिर, काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।

टी-२० विश्वकपमा खराब प्रदर्शन गरेपछि पहिलो पटक सिरिज खेलेको भारतले रोमाञ्चक जित हात पारेको हो ।

नयाँ प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्माको जोडीले पनि सुखद सुरुआत गरेका छन् ।

जयपुरमा न्युजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

जितपछि तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।

भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । ऋषव पन्त १७ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, डारेल मिचेल र मिचेल सान्टनरले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतक बनाए । ओपनर गुप्टिलले सर्वाधिक ७० रन बनाउँदा मार्क चापमानले ६३ रन जोडे ।

भारतका भुवनेश्वर कुमार रविचन्द्रन आश्विनले दुई/दुई तथा दीपक चाहर र मोहम्मद सिरिजले समान एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?