
२ मंसिर, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् ।
युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।
मन्त्री पौडेलले आफूले महासभामा महामारीको समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको विषयमा सम्बोधन गरेको जानकारी दिए ।
कोरोना महामारीले शिक्षामा डिजिटल डिभाइसको महत्त्वको बारेमा सोच्न बाध्य बनाएको विषयमा कुरा राखेको छु, उनले भने , ‘ नेपालको शिक्षा अभिवृद्धि गर्न युनेस्कोलगायतको संस्थाहरूलाई लगानी गर्न आग्रह गरेको छु ।
शिक्षा, स्वास्थ्य, लैंगिक समानता र महिला सशक्तिकरण जस्ता प्रमुख क्षेत्रहरूमा नेपालले महत्त्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दीगो विकासका लक्ष्यहरूलाई अपनाएको जानकारी गराएको मन्त्रीले बताए ।
फ्रान्स बसाइका क्रममा उनी नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा समेत सहभागी भएका थिए ।
प्रतिक्रिया 4