+
+

कैलालीमा १३ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते ११:०१

२ कात्तिक, धनगढी । कैलालीका १३ वटा स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको नेपाली कांग्रेस कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीमा भने निर्माण व्यवसायी संघका अध्यक्ष यज्ञराज उपाध्याय सभापतिमा सर्वसम्मत भए पनि अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले अन्य पदाधिकारीमा सहमतिको प्रयास भइरहेको जानकारी दिए । तर १२ वटा स्थानीय तहमा सभापतिसहित पदाधिकारी र सदस्य चयन भएको सुनारले बताए ।

उनका अनुसार गौरिगंगा नगरपलिकाको सभापतिमा पहलबिक्रम चन्द, लम्किचुहा नगरपलिकाको सभापतिमा इन्द्र कुँवर, टीकापुर नगरपालिकाको सभापतिमा नरेश खत्री, भजनी नगरपालिकाको सभापतिमा नवराज मिश्र, गोदावरी नगरपालिका सभापतिमा वीरबहादुर चोखाल र घोडाघोडी नगरपालिकाको सभापतिमा बमबहादुर सिंह चयन भएका छन् ।

यस्तै चुरे गाउँपालिकाको सभापतिमा हेम शाह, जानकी गाउँपालिकाको सभापतिमा गणेश रेग्मी, बर्दगोरिया गाउँपालिकाको सभापतिमा कृष्ण बिष्ट, कैलारी गाउँपालिकाको सभापतिमा कृष्ण चौधरी, मोहन्याल गाउँपालिकाको सभापतिमा कमल साउद र जोशीपुर गाउँपालिकाको सभापतिमा बसिराम चौधरी चयन भएको प्रचारप्रसार समितिका संयोजक सुुनारले बताए ।

गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाबाहेकका ११ वटा स्थानीय तहमा जिल्ला सभापति नरनारायण शाह पक्षीय उम्मेदवारहरू चयन भएका छन् ।

१३ मध्ये चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिँदा अन्य ९ स्थानीय तहमा निर्वाचन प्रक्रियामार्फत अधिवेशन सम्पन्न गरिएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?