+
+

सिक्किम किन गएका थिए भुवन केसी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १२:०१

२ मंसिर, काठमाडौं । अभिनेता भुवन केसी केही दिन सिक्किम बसेर नेपाल फर्किए । उसो त, नेपाली चलचित्रकर्मीहरु सिक्किम पुग्नु नयाँ कुरा भने होइन । भुवन सिक्किम पुगेपछि मिडियामा गसिप चल्यो । सिक्किम सरकारले सिक्किममा छायांकन गर्ने चलचित्रका लागि १ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेसँगै भुवन पनि सोही विषयमा छलफल गर्न सिक्किम पुगेको खबर बाहिरियो ।

भुवन तीनवटा चलचित्र निर्माणको क्रममा छन् । यसैले पनि उनले सिक्किममा चलचित्र छायांकन गर्ने योजना बनाउनु गलत कुरा होइन ।

तर, नायक केसीले भने आफू यसपटक सिक्किम बजेट खोज्नका लागि नगएको बताएका छन् । अनलाइनखबरसँग उनले भने, ‘सिक्किम सरकारले एक महिनापछि ‘सिक्किम फिल्म फेस्टिभल’को आयोजना गर्दैछ । सोही महोत्सवमा नेपाली चलचित्र र संस्कृतिलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको हो ।’

भुवनले आफूलाई सोही विषयमा छलफलका लागि बोलाइएकाले गएको बताए । ‘म जहिले पनि नेपाली चलचित्र विश्व बजारमा पुग्नुपर्छ भन्ने सोचाइमा हुन्छु । नेपाली चलचित्रको मेकिङ र प्रचारमा ध्यान दिनुपर्छ भन्ने मेरो मान्यता हा,’ उनले भने, ‘सिक्किम सरकारले फिल्म महोत्सवको विषयमा कुरा गर्न बोलाएकाले म गएको हुँ । तर, नेपालमा विभिन्न खालको गसिप चलेको सुन्दा दुःख लागेको छ ।’

नायक केसीले आफूले सिक्किम पुगेर चलचित्र निर्माणको विषयमा कुराकानी नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?