+
+

अब नेपालको आफ्नै ‘पेमेन्ट स्वीच’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते २२:०५

२ मंसिर, काठमाडौं । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि २९ बैंक वित्तिय संस्थाहरु आवद्ध भएका छन् । बिहीबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र २९ बैंक तथा वित्तीय संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

स्वीकृति पाएपछि स्वीच सञ्चालन गर्न हाउससँग १८ वाणिज्य बैंक, ५ विकास बैंक र ६ वटा फाइनान्स गरी २९ बैंक तथा वित्तीय संस्थाहरु जोडिएका हुन् ।नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले केहीदिन अघि मात्रै स्वीकृति प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको आफ्नै पेमेन्ट स्वीच नहुँदा धेरै सास्ती पाएको र अब भने त्यसको समाधान हुने बताए । आफ्नै स्वीच नहुँदा बैंक–बैंकहरुबीचको अन्तरआवद्धता गराउन नसकिएको, भुक्तानीको लागत मंहगो भएको लगायतका समस्या सामना गर्नु परेको भन्दै उनले अब त्यो समस्याबाट छुटकारा पाउने बताए ।

अहिले २९ बैंक तथा वित्तीय संस्थाहरु जोडिएको भन्दै उनले आगामी दिनमा सबै बैंक तथा वित्तीय संस्था नेशनल पेमेन्ट स्वीचमा जोडिनेमा आफू ढुक्क रहेको बताए । क्लियरिङ हाउस राष्ट्र बैंक तथा निजी क्षेत्रसमेतको लगानीमा सञ्चालित कम्पनी हो ।

निजी क्षेत्रको लगानी रहेको कम्पनीलाई स्वीच सञ्चालन गर्न दिनु हुँदैन भन्ने विषय पनि उठेको उनले बताए । तर क्लियरिङ हाउसलाई विस्वास गरेर गत कात्तिकमा बोर्डबाट निर्णय गराएर अनुमति प्रदान गरिएको भन्दै उनले जानकारी दिए । राष्ट्र बैंक समेतको लगानीमा सञ्चालित क्लियरिङ हाउसमा राष्ट्र बैंकको लगानीले सार्थकता पाएको समेत गभर्नर अधिकारीको भनाइ थियो ।

क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले अन्यबैंक÷वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवाप्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउदै लैजाने बताए । नउका अनुसार कार्ड बाहेकका भुक्तानी प्रणाली बीचअन्तरआबद्धता कायमगर्दै डिजिटल भुक्तानीकाथपउपकरण तथा सेवाहरु प्रदानगरिने गरीपहिलो चरणका लागिआवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौतापश्चातयसको कार्यान्वयन अघि बढ्ने छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने उनले जानकारी दिए ।

उक्त स्वीचरिटेल भुक्तानीको प्राथमिकपूर्वाधारको रुपमा रहीविभिन्न रियल टाइम, नन–रियल टाइम तथाओपन एपिआइकामार्फत बैंक वित्तिय संस्थातथा गैर बैंकिङ्ग संस्थाले आफ्नाग्राहकलाई अन्यथप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्ड सँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको उनले बताए ।

नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरु सँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाउने कम्पनीले बताएको छ ।

नेशनल पेमेन्ट स्वीचका फाइदा

विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्विचको स्थापना गर्ने कार्य अघि बढाउन अघिल्लो आर्थिक बर्षमा नेपाल क्लियरिङ्ग हाउसलाई स्विकृति प्रदान गरिएको हो ।

उक्त नेशनल पेमेन्ट स्विच नेपाल क्लियरिङ्ग हाउसले दुइ चरणमा कार्यान्वयन गर्न कार्य हुँदै आएको छ । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआर लगायतका भुक्तानीहरुको लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ भने दोश्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ ।

नेशनल पेमेन्ट स्विच सञ्चालनमा आए पश्चात नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने छ, जस अन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्युआर लागू हुने छ भने नेपाल भित्र रहेका क्युआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिने बताइएको छ ।

सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक÷वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्विच मार्फत कारोबार र यसको र्फछ्यौट गर्न सकिने छ । वालेट–वालेट बीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ ।

त्यस्तै विद्युतिय आदेशमा आधारित रिक्वेस्ट–टु–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउनेछन । हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएल मार्फत गर्न सकिनेछ ।

नेशनल पेमेन्ट स्विचमा आबद्ध हुन तथा सोको लागि तयारी गर्न बैंक वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको छ साथै उक्त पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यस अघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंक वित्तीय संस्था तथा अन्य सदस्यहरुलाई सिधै उक्त रिटेल पेमेन्ट स्विचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?