
३ मंसिर, काठमाडौं । तीन सातादेखि आन्दोलित भएका कानून व्यवसायीले आज पनि प्रदर्शन सुरु गरेका छन् ।
केही दिनदेखि सर्वोच्च अदालत परिसरभित्रैबाट धर्ना दिएका कानून व्यवसायीलाई रोक्न प्रहरीले आज कडा सुरक्षा घेरा बनाएको छ ।
सर्वोच्च परिसरको प्रदर्शनस्थललाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिएका छन् । बिहीबार पनि एसएलआरसहितका प्रहरी खटाइएको थियो ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।
समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।
तस्वीर : आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4