+
+

कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते ११:५१

३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई बिहीबार नेपाल बार एशोसिएसनको कार्यालयमा पुगेर अश्लील गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार उनीहरुले कानून व्यवसायीहरुलाई गरेको अभद्र व्यवहारबारे बयान लिने काम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?