+
+

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी जुम्ला पुगे, बाजागाजासहित स्वागत 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १८:३३

३ मंसिर, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल लगायतका अन्य पधाधिकारीहरुलाई प्रतिष्ठानका कर्मचारी तथा स्थानीयले बाजागाजा सहित स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल लगायतका पधाधिकारीलाई कामकाज गर्न रोक लगाएका थिए ।

उनले उपकुलपतिको कामकाज गर्ने गरी डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए । अदालतले डा. रावल लगायतका पधाधिकारीहरुलाई कामकाजमा रोक नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा कात्तिक २९ गते अन्तरिम आदेश जारी गरेपछि उनीहरु शुक्रबार जुम्ला फर्किएका थिए । सोही क्रममा प्रतिष्ठानका कर्मचारी तथा स्थानीयले स्वागत गरेका हुन् ।

‘यो स्वागत अप्रत्याशित रह्यो, प्रतिष्ठानको कर्मचारी र स्थनीयबाट यो सपोर्ट पाउदाँ थप काम गर्ने प्रेरणा मिलेको छ’ उपकुलपति डा. रावलले भने ।

प्रतिष्ठानका उपकुलपति डा. रावल लगायतका पधाधिकारीलाई कामकाज गर्न रोक लगाएपछि प्रतिष्ठानका १६८ जना चिकित्सक नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले असन्तुष्टी जनाउदै विज्ञप्ती जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?