
३ मंसिर, काठमाडौं । भोलि शनिबार चन्द्रागिरी केबलकार विहान ५ बजेदेखि नै खुल्ने भएको छ । भारतीय योगगुरु रामदेवले चन्द्रागिरिमै योग प्रशिक्षण गराउने कार्यक्रम रहेकाले विहान ५ बजेदेखिबाट चन्द्रागिरिको केबलकार खुला गर्न लागिएको चन्द्रागिरि हिल्स कम्पनीले जनाएको छ ।
शनिबार चन्द्रागिरिको भालेश्वर महादेव मन्दिरको दर्शन गर्न दशनार्थीको भीड लाग्ने गरेको छ । पछिल्लो समयमा चनद्रागिरिमा पर्यटकको भिड बढ्दै जान थालेको छ ।
देशमा आउने विशिष्ट अन्तर्राष्ट्रिय पाहुनाले पनि चन्द्रागिरिको भ्रमण गर्ने गरेका छन् । यसअनुसार रामदेवले शनिबार विहान चन्द्रागिरि मै योग प्रशिक्षण दिने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4