+
+

वीर अस्पतालमा नयाँ सेवा : घरबाटै टिकट, डाक्टर भेट्न मात्रै अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १९:२३

३ मंसिर, काठमाडौं । वीर अस्पतालले बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको छ । शुक्रबारदेखि अस्पतालले मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ ।

यो सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरी एपबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् ।

सो एप निर्माणका लागि गठित समितिकी सदस्य डा. अनुपमा कार्कीले यो प्रविधिको विकाससँगै घण्टौंसम्म लाइनमा बसेर टिकट लिनुपर्ने झण्झटबाट बिरामीले मुक्ति पाउने दाबी गरिन् ।

सो प्रविधि अनुसार अब बिरामीले सिधै डाक्टर भेट्न मात्रै अस्पताल गए हुने भएको छ । यो प्रविधि अहिलेलाई ओपीडी सेवामा मात्रै लागू गरिएको छ । यो परीक्षणकाल भएकोले ओपीडीमा मात्रै लागू गरिएको र बिस्तारै सबै सेवामा यो प्रविधि विकास गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले यसअघि नै अनलाइनबाटै रिपोर्ट लिन सकिने सुविधा दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?