+
+

कमलाले अमेरिकाको कार्यवाहक राष्ट्रपति बनेर इतिहास रचिन्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते ८:५९

४ मंसिर, काठमाडौं । कमला ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बन्ने पहिलो महिला भएकी छन् ।

जो बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतीय अधिकारी केही समयका लागि सुम्पेपछि ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बनेकी हुन् । नियमित कोलोनोस्कोपीका क्रममा अस्पताल भर्ना भएका बाइडेनले छोटो समयका लागि अर्थात् आफू एनेस्थेसियाको प्रभावमा भइन्जेलसम्मका लागि ह्यारिसलाई आफ्नो अधिकारी सुम्पेका थिए ।

शनिबार ७९ औं जन्मदिन मनाउनुपूर्व नै बाइडेनले कोलोनोस्कोपी गर्न शुक्रबार बिहानै वाल्टर रीड मेडिकल सेन्टर पुगेका थिए ।

बाइडेनको कोलोनोस्कोपीका क्रममा ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङस्थित आफ्नो कार्यालयबाट कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन् । यस क्रममा छोटो समयका लागि अमेरिकी सेना र आणविक हतियार उनको नियन्त्रणमा आएको थियो ।

सन्ताउन्न वर्षीय ह्यारिस अमेरिकाकी पहिलो निर्वाचित महिला उपराष्ट्रपति हुन् । यति मात्रै होइन, उनी पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी पहिलो राष्ट्रपति समेत हुन् ।

अमेरिकामा एनेस्थेसिया दिएर गरिने उपचारका क्रममा राष्ट्रपतिको अधिकार उपराष्ट्रपतिले प्रयोग गर्न पाउने व्यवस्था छ । यसअघि जर्ज डब्लू बुसले कोलोनोस्कोपीका क्रममा डिक चेनीलाई २००२ र २००७ मा राष्ट्रपतीय अधिकारी सुम्पेका थिए ।

तर सन् २०१९ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उप-राष्ट्रपति माइक पेन्सलाई राष्ट्रपतीय अधिकारी सुम्पन नपरोस् भनेर वाल्डर रीडमा सुटुक्क कोलोनोस्कोपी गरेको समाचार बाहिर आएको थियो ।

 (एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?