+
+

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते ९:५४

४ मंसिर, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका- ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् ।

मोटरसाइक दुर्घटनापछि पिटरले किचेर गम्भीर घाइते भएका मिलनको राति २ बजे उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

बिहीबार राति साढे एक बजे सूर्यविनायक नगरपालिका-६ स्थित अरनिको राजमार्गमा जगाती बाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३-०१-००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकल डिभाइडरमा ठक्कर खाएपछि चालक मिलन टिपरको पछाडिको चक्कामा परेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?